बुटवल । बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका प्रत्याशी टंकप्रसाद गैरे नेतृत्वको प्यानलले व्यवसायीहरूसँगको भेटघाटलाई तीव्रता दिएको छ।
गैरेसहित प्यानलका उम्मेदवारहरू बुटवल कृषि उपज थोक बजार (मण्डी) क्षेत्रमा पुगेर व्यवसायीहरूसँग भेटघाट गर्दै मत मागेका छन्। घरदैलोका क्रममा उनीहरूले व्यवसायीका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएका थिए।
व्यवसायीहरूसँगको भेटमा अध्यक्षका प्रत्याशी गैरेले कृषि मण्डी क्षेत्रका समस्या र व्यवसायीले भोग्दै आएका चुनौतीबारे आफू जानकार रहेको बताए। व्यवसायीका समस्या समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले व्यवसायीका सुझाव र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने धारणा राखे।
गैरेले व्यवसायीको साथ र समर्थनसहित आफू नेतृत्वको प्यानललाई विजयी गराउन आग्रहसमेत गरेका छन्।
संघको निर्वाचनलाई लक्षित गर्दै गैरे नेतृत्वको प्यानल यतिबेला विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीसँग भेटघाट र छलफलमा जुटेको छ।












