बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भएको छ। संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत आगामी तीन वर्षे कार्यकालका लागि असोज २६ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनासहित विभिन्न पदमा उम्मेदवारी परेको छ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्ष पदमा नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरेले उम्मेदवारी दिएका छन्। पौडेल संघका पूर्व वाणिज्य उपाध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य हुन् भने गैरे वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा विमलराज भट्टराई र सुरज भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। विमलराज वर्तमान कार्यसमितिका वाणिज्य उपाध्यक्ष हुन् भने सुरज उद्योग उपाध्यक्ष हुन्।
उद्योग उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ र निर्मित कसजु तथा वाणिज्य उपाध्यक्ष पदमा बाबुराम विश्वकर्मा र मुक्तिप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा बसन्तप्रसाद ढकाल र जमुना पौडेल, कोषाध्यक्ष पदमा प्रतिक पोखरेल (शर्मा) र टिकाराम वञ्जाडेले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी, सचिव पदमा दिपकप्रसाद चापागाई र काशिराम शर्मा पौडेल तथा सहकोषाध्यक्ष पदमा जाकिर हुसेन र कमला पोख्रेल शर्मा पराजुली प्रतिस्पर्धामा छन्।
सदस्य पदमा पनि प्रतिस्पर्धा
संघको कार्यसमिति सदस्यतर्फ एसोसिएट सदस्यको एक पदका लागि बालकृष्ण पौडेल र भानुभक्त खत्री (भानु)ले उम्मेदवारी दिएका छन्।
चार उद्योग सदस्य पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा दिपक बास्तोला, गोपाल टण्डन, ज्ञानबहादुर पुन, ज्ञानप्रसाद खनाल, कृष्णप्रसाद पाण्डेय, प्रबिन्द्र गोविन्द श्रेष्ठ (पिजि), लेखनाथ भण्डारी र सुनिता शर्मा वञ्जाडे रहेका छन्।
त्यस्तै, चार वाणिज्य सदस्य पदका लागि गणेशप्रसाद भट्टराई, धर्मेन्द्रकुमार कशौधन, मनिषकुमार हेजू (पुट्टे), मिलनकुमार भारी, राजेश भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी र उमेश अमात्यले उम्मेदवारी दिएका छन्।
खुला कार्यसमिति सदस्यका सात पदका लागि १४ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा अलिम दिन, बिजयकुमार बर्णवाल, बिष्णु घिमिरे पन्थ (कमला), विष्णु उपाध्याय, दिपक घिमिरे, गणेशप्रसाद सेढाई, गोपालप्रसाद बस्याल, सुनिता अर्याल, जनककुमार श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), प्रदिप शाक्य, शिवदेव अर्याल, सुशिलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे रहेका छन्।
यसैगरी, दुई महिला सदस्य पदका लागि चार जनाको उम्मेदवारी परेको छ। महिला सदस्य पदमा मञ्जु पुरी गिरी, रेनु श्रेष्ठ, सुस्मा केसी र सुकमाया श्रेष्ठ ध्वजु (सिता)ले उम्मेदवारी दर्ता गराएका छन्।
संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी परेसँगै अध्यक्षसहित अन्य पदमा समेत प्रतिस्पर्धा हुने देखिएको छ।

