पाँच उद्योगी तथा व्यवसायी सम्मानित

by समतल अनलाइन
21Shares

बुटवल।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विभिन्न विधामा योगदान पुर्‍याएका पाँच जना उद्योगी तथा व्यवसायीलाई सम्मान गरेको छ।

संघले उद्योगतर्फ फस्ट च्वाइस फुड्स पब्लिक लिमिटेडका कृष्णप्रसाद पौडेल, वाणिज्यतर्फ हैण्डलुम इन्टरप्राइजेजका अजहरुल हसैन र कृषितर्फ शाह ब्रदर्श मल्टिप्रपोज प्रालिका नुरुद्धिन शाहलाई सम्मान गरेको हो।

त्यसैगरी, महिला उद्यमीतर्फ सिद्धार्थ डेरी उद्योगकी गीता भट्टराई र सेवा क्षेत्रबाट महिमा टुर्स एण्ड ट्राभल्स प्रालिका अनिलमान श्रेष्ठ सम्मानित भएका छन्।

संघले उद्योग, व्यापार, कृषि, महिला उद्यमशीलता तथा सेवा क्षेत्रको विकासमा योगदान पुर्‍याएका उद्यमी तथा व्यवसायीलाई सम्मान गरेको जनाएको छ।

You may also like