देश अध्यारो सुरुङतर्फ धकेलियो- राजेन्द्र लिङदेन

by समतल अनलाइन
51Shares

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश लिकबाट बाहिर गएको बताएका छन् ।

नेपाली काँग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश अहिले अध्यारो सुरुङतर्फ धकेलिएको भन्दै देशमा संकट बढेको र देश लिकबाट बाहिर गएको बताएका हुन् । उनले पहिला विचार नमिल्दा गोलि हानियो भने अहिले फरक मत राख्दा सामाजिक संजाल आउने बताउदै व्यक्ति फेरिए पनि देशको परिस्थिति नफेरिएको टिप्पणी गरे ।

देशको राजनीतिमा व्यक्तिमा मात्र समस्या नरहेको भन्दै उनले व्यवस्था र संबिधानमा समस्या रहेको बताए । उनले अहिले पनि व्यक्तिमा समस्या रहेको कुरा अहिलेको ६ महिनाले देखिएको बताए । देशमा नविन समझदारीको खाँचो रहेको बताउदै अध्यक्ष लिङदेनले राजादेखि राजनीतिक दल र नया पुस्तालाई एक ठाउमा राखेर देशलाई निकास दिनुपर्ने बताए ।

You may also like