२९ सयले घट्यो सुनको मूल्य

by समतल अनलाइन
9Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ र चाँदी ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

You may also like