रुपन्देही–२ को क्षेत्रीय कार्यसमिति खुला सदस्यमा सर्वाधिक मतसहित कृष्णप्रसाद भण्डारी विजयी

by समतल अनलाइन
35Shares

बुटवल । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति खुला सदस्य पदमा कृष्णप्रसाद भण्डारी सर्वाधिक मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा भण्डारीले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै खुला सदस्यतर्फ पहिलो मत प्राप्त गर्नुभएको हो । उहाँको विजयसँगै समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

क्षेत्रीय कार्यसमितिमा निर्वाचित भण्डारीले पार्टी संगठनलाई थप मजबुत बनाउँदै कार्यकर्ता र जनताको भावनाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र आगामी दिनमा कांग्रेसलाई थप प्रभावकारी बनाउने गरी आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

You may also like