मानवअधिकार, लोकतन्त्र र शान्तिप्रति प्रतिबद्ध गोविन्द खनालको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

by समतल अनलाइन
29Shares

बुटवल । परिवर्तनको चाहना, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्ताको विश्वासलाई आधार बनाउँदै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ बाट गोविन्द खनालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

मानवअधिकार, लोकतन्त्र र शान्तिप्रति आफ्नो दृढ प्रतिबद्धता रहेको बताउँदै खनालले पार्टी संगठनलाई थप सुदृढ बनाउने, युवाको अर्थपूर्ण सहभागिता बढाउने तथा कार्यकर्ताको भावना र अपेक्षाअनुसार पार्टीभित्र सकारात्मक परिवर्तनका लागि भूमिका खेल्ने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभएको छ।

संघर्षमा साथ, संगठनमा समर्पण र परिवर्तनप्रतिको विश्वासलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएको उल्लेख गर्दै खनालले रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका लागि साथ, समर्थन र सहयोगको अपेक्षा गर्नुभएको

You may also like