रुपन्देही–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा तीन युवा उम्मेदवार

by समतल अनलाइन
19Shares

रुपन्देही । नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नं. २ बाट तीन युवा उम्मेदवारले युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

प्रचार सामग्रीअनुसार निराजन खरेल, श्रेया गौतम र कुशल न्यौपाने युवा खुलातर्फबाट उम्मेदवार बनेका हुन्। उनीहरूले क्रमशः क्रमसंख्या २, २ र १ राखेका छन्।

उम्मेदवारहरूले आफूहरू ३५ वर्षमुनिको युवा समूहबाट प्रतिनिधित्वका लागि मैदानमा रहेको जनाएका छन्। उनीहरूको प्रचार सामग्रीमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको भनाइ मानिसको सफलता उसको प्राप्तिमा होइन उसले गर्ने प्रयत्नमा हुन्छ उल्लेख गरिएको छ।

नेपाली कांग्रेसको यसपटकको क्षेत्रीय अधिवेशनबाट संघीय महाधिवेशन प्रतिनिधि चयन हुने निर्वाचन समितिको कार्यतालिका छ। कांग्रेसको निर्वाचन प्रक्रियाअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट युवा समूहअन्तर्गत एक महिलासहित तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

रुपन्देही क्षेत्र नं. २ मा पनि युवा पुस्ताका उम्मेदवारहरूबीचको प्रतिस्पर्धाले क्षेत्रीय अधिवेशनलाई थप चासोको विषय बनाएको छ। क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले आगामी केन्द्रीय महाधिवेशनमा सहभागी हुनेछन्।

You may also like