बुटवल कांग्रेसको नगर नेतृत्वका लागि दुई समूह मैदानमा, सभापतिसहित पदाधिकारीमा उम्मेदवारी

by समतल अनलाइन
56Shares

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका समितिको नेतृत्वका लागि उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। सार्वजनिक गरिएका उम्मेदवारी प्रचार सामग्रीअनुसार नगर सभापति र पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी घोषणा गरिएको छ।

एक समूहबाट ज्योति भण्डारीले नगर सभापति पदमा उम्मेदवारी दिएका छन्। उनको समूहबाट गणेश घिमिरे उपसभापति, गंगा पन्थी उपसभापति (महिला), अर्जुन गिरी सचिव र नारायण खनाल सहसचिव पदका उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।

त्यस्तै, अर्को समूहबाट जितबहादुर मल्लले नगर सभापति पदमा उम्मेदवारी दिएका छन्। उक्त समूहबाट विष्णु राज काफ्ले उपसभापति (खुला), करुणा भुसाल उपसभापति (महिला), रमेशप्रसाद अधिकारी नगर सचिव र सूर्यप्रसाद काफ्ले नगर सहसचिव पदका उम्मेदवारका रूपमा प्रचार सामग्रीमा उल्लेख छन्।

दुवै समूहले आ–आफ्नो प्यानलसहित मत मागिरहेका छन्। उम्मेदवारहरूले संगठनलाई थप व्यवस्थित बनाउने, कार्यकर्ताको भूमिका बलियो बनाउने तथा पार्टीलाई स्थानीय तहमा थप सक्रिय बनाउने विषयलाई आफ्नो प्रचारको मुख्य आधार बनाएका छन्।

You may also like