प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी मौज्दात

by समतल अनलाइन
26Shares

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रयोग हुने प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये नौवटा वाणिज्य बैंकमा १० अर्ब ८ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र नागरिकको पुनर्स्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।

You may also like