नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

by समतल अनलाइन
35Shares

काठमाडौँ । भारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ।

भारतको विद्युत् मन्त्रालयका अनुसार सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।

बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादनमा कमी आएको अवस्थामा भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।

भारतले सन् २०२७ जनवरीदेखि नेपालतर्फ हुने विद्युत् निर्यातको परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ।

भारतको विद्युत् मन्त्रालयले उक्त निर्णयले विपद्का कारण कठिन अवस्थामा रहेको नेपालको विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यसबाट नेपाल र भारतबीचको ऊर्जा सहकार्य अझ सुदृढ हुने मन्त्रालयको भनाइ छ।

You may also like