बाढीपीडितको पीडामा मल्हम लगाउन लियो जिल्ला परिषद्का दुई गाडी राहत बोकेर नुवाकोट विदुरतर्फ

by समतल अनलाइन
61Shares

बुटवल। आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रका नागरिकलाई सहयोग गर्न लियो जिल्ला परिषद् ३२५ पी, नेपालले राहत अभियान अघि बढाएको छ। प्रभावित परिवारलाई आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्री उपलब्ध गराउने उद्देश्यले संकलन गरिएको सामग्री बोकेका दुईवटा गाडी नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

बाढी तथा पहिरोका कारण प्रभावित परिवारहरू कठिन अवस्थामा रहेका बेला लियो सदस्यहरूले विभिन्न स्थानबाट राहत सामग्री संकलन गरी प्रभावित नागरिकसम्म पुर्‍याउने अभियान सञ्चालन गरेका हुन्। विदुर पुगेपछि प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा राहत सामग्री वितरण गरिने जनाइएको छ।

विपद्को समयमा पीडित परिवारको साथमा उभिनुपर्ने सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै लियो जिल्ला परिषद्ले ‘आफूभन्दा माथि सेवा’ भन्ने भावनासहित राहत तथा मानवीय सहयोग अभियान सञ्चालन गरेको हो।

रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएपछि प्रभावित नागरिकलाई तत्काल राहत तथा आगामी दिनमा पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक देखिएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै लियो सदस्यहरू प्रभावित समुदायसम्म प्रत्यक्ष पुगेर सहयोग गर्ने अभियानमा जुटेका छन्।

You may also like