दिवङ्गत आफन्तको सम्झनामा बुटवलमा गाईजात्रा

by समतल अनलाइन
41Shares

बुटवल । बुटवल उपमहानगरपालिका–१, निमचोकमा दिवङ्गत आफन्तको सम्झनामा सामूहिक रूपमा गाईजात्रा मनाइएको छ। स्थानीय नेवार समुदायले करिब ५० जना भन्दा बढीको सहभागितामा गाईजात्रा निकाल्दै नगर परिक्रमा गरेका हुन्।

गाईजात्राका क्रममा सहभागीहरूले दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीकसहित नगर परिक्रमा गरेका थिए। परम्परागत वेशभूषा तथा सांस्कृतिक प्रस्तुतिसहित निकालिएको जात्राले निमचोक तथा आसपासका क्षेत्रमा सांस्कृतिक रौनक थपेको थियो।

गाईजात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूप मा मनाइँदै आएको छ। यस पर्वमा दिवङ्गत आफन्तको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा गाई वा गाईको प्रतीकसहित नगर परिक्रमा गर्ने परम्परा रहेको छ।

समयक्रमसँगै गाईजात्रा दिवङ्गत आफन्तको सम्झना गर्ने पर्वसँगै मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको पहिचानका रूपमा समेत मनाइँदै आएको छ।

निमचोकसँगै बुटवलका अन्य विभिन्न स्थानमा पनि नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाएका छन्।

You may also like