नेवा सेवा समिति बुटवलले दिवङ्गत आफन्तको सम्झनामा निकाल्यो गाईजात्रा

by समतल अनलाइन
79Shares

बुटवल । नेवा सेवा समिति बुटवलको आयोजनामा चार जना दिवङ्गत आफन्तको सम्झनामा झाँकीसहित गाईजात्रा निकालिएको छ। नेवार समुदायको परम्परागत संस्कृति र मौलिक पहिचानलाई निरन्तरता दिँदै निकालिएको गाईजात्रामा सहभागीहरूले दिवङ्गत आफन्तप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

गाईजात्रा कालिकापथबाट सुरु भई मनकामना, हाइवे, मिलनचोक, चौराहा, मकालुपथ हुँदै देवीनगर चौपारी पुगेको थियो। त्यसपछि जात्रा नेवा सेवा समिति बुटवलको भवनमा पुगेर समापन गरिएको थियो।
जात्रामा चार जना दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीकसहित विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। नेवार समुदायका सदस्यहरूको सहभागितामा निकालिएको जात्राले बुटवलका विभिन्न क्षेत्रमा सांस्कृतिक रौनक थपेको थियो।

नेवा सेवा समिति बुटवलका अध्यक्ष दिलीप्रसाद श्रेष्ठले गाईजात्रा दिवङ्गत आफन्तको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने महत्वपूर्ण पर्व भएको बताए। उनले पुस्तौँदेखि चल्दै आएको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई समेत यसबारे जानकारी गराउने उद्देश्यले गाईजात्रालाई निरन्तरता दिइएको बताए।

समितिका सचिव लक्ष्मणप्रसाद श्रेष्ठले गाईजात्राले नेवार समुदायको मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड दिए

You may also like