126
बुटवल । बुटवल नजिकै रहेको तिनाउ खोलाको तिनाउ–३ हेडवक्स ड्याम क्षेत्रमा अचानक आएको बाढीले बगाउँदा भारतका एक नागरिक बेपत्ता भएका छन्। भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिल्ला डुमरियागञ्ज निवासी २८ वर्षीय प्रभास सोनीलाई बाढीले बगाएको हो।
अचानक आएको बाढीका कारण सोनी खोलामा बगेपछि घटनाबारे जानकारी प्राप्त हुनासाथ उनको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। बेपत्ता सोनीको खोजी कार्य जारी रहेको जनाइएको छ।
पछिल्लो समय लगातारको वर्षाका कारण तिनाउ खोलामा पानीको बहाव बढ्दै गएकाले स्थानीयवासी तथा खोलाको आसपासमा आवतजावत गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

