काठमाडौं । रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकैदिन ३८ करोड ५६ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम सहयोग गरेका हुन्।
कोषमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख, एग्रो थाईफुड्स प्राइभेट लिमिटेडले १ करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधिले १ करोड रुपैयाँ हस्तान्तरण गरेका छन्।
त्यस्तै, उद्योगी विजयकुमार शाहले १ करोड, पद्मज्योति समूहको स्याकार ट्रेडिङले १ करोड र राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार रुपैयाँ कोषमा योगदान गरेका छन्।
डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वर्क्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरीले १ करोड, हिमालयन डिस्टिलरीले १ करोड, अल्फा अटोमोटिभ प्रालिले १ करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले १ करोड रुपैयाँ राहत कोषका लागि हस्तान्तरण गरेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख र लुम्बिनी विकास बैंकका प्रतिनिधिले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी, सीएएस ट्रेडिङ हाउसले १ लाख ११ हजार, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र सिल्भर लाइनिङ प्रालिका अधिकारीले १ लाख ११ हजार रुपैयाँ योगदान गरेका छन्। एबाकस इन्साइट्स प्रालिले १५ लाख तथा अन्य तीन संस्थाले २६ लाख ६२ हजार रुपैयाँ सहयोग गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार शुक्रबार मात्रै अर्थ मन्त्रालयमार्फत कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ।

