88
बुटवल । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ ।
नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।
यस्तै, भैरहवास्थित भीम अस्पतालमा पनि ३ महिलाको शव राखिएको डिएसपी श्रीवास्तवले बताए ।लुम्बिनी प्रादेशिक अस्पतालमा अझै थप शव आउन सक्ने सम्भावना रहेको उनले जानकारी दिए ।

