भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२० पुग्यो

by समतल अनलाइन
59Shares

काठमाडौं , रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२० पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा गरी २२० जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वी नवलपरासीमा ३२, पश्चिम नवलपरासीमा ६, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा १३ र रसुवामा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ३६१ जनाको उद्धार गरिएको पनि नेपाल प्रहरीले जनाएको छ। भोटेकोसीमा आएको बाढीले रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। सुरक्षा निकायले नदी किनार, बाढी प्रभावित बस्ती तथा विभिन्न जोखिमयुक्त क्षेत्रमा खोजी अभियानलाई तीव्रता दिएको छ।

You may also like