काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परी अहिलेसम्म ९५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार मृतकमध्ये २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक तथा २० जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ। धादिङमा ११ महिला, ५ पुरुष र २ जना पहिचान नखुलेका गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, गोरखामा एक महिला, ४ पुरुष, एक बालक र १० जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना पहिचान नखुलेका गरी ३३ जनाको शव भेटिएको छ।
तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक तथा नवलपरासीपूर्वमा ८ पुरुष र ३ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
६३ जना घाइते उपचाररत
बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ। घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना उपचाररत छन्।
त्यस्तै, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा

