स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

by समतल अनलाइन
45Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

सोमबार साँझ करिब ५: ४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान पनि खुल्न बाँकी छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

You may also like