होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी झुन्डिएको अवस्थामा मृत भेटिए

by समतल अनलाइन
31Shares

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका एक सुकुम्बासी झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

प्रहरीका अनुसार कीर्तिपुरस्थित राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि स्थानान्तरण गरिएका बारा सुवर्ण गाउँपालिका–२ का ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएका हुन्।

पासवान कृषि तालिम केन्द्रको तीनतले भवनको दोस्रो तलास्थित कोठा नम्बर २०७ भित्र चुकुल लगाएको अवस्थामा भेटिएका थिए। उनी फ्यान राख्न प्रयोग गरिएको फलामको हुकमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

You may also like