सुन एकैदिन तोलाको आठ हजारले बढ्यो

by समतल अनलाइन
53Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो ।

You may also like