बुटवल–पाल्पा सडकमा सुख्खा पहिरो, सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

by समतल अनलाइन
50Shares

बुटवल।पाल्पा सडकमा सुख्खा पहिरो, सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बुटवल, ६ साउन। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको गौडेपुल नजिक आज बिहान सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान करिब साढे १० बजेतिर पहिरो खसेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका जिल्लातर्फ जाने तथा ती क्षेत्रबाट बुटवल आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेपिरहेका छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सडक खुलाउने उद्देश्यले पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ। सडक डिभिजन कार्यालय पाल्पाको टोलीले आवश्यक उपकरणसहित पहिरो हटाउने कार्य गरिरहेको जनाएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएकाले यस मार्ग हुँदै यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

You may also like