द बम्बई लाउञ्ज’को प्रथम वार्षिकोत्सव साउन १४ र १५ गते, ग्राहकका लागि विशेष छुट र सांगीतिक कार्यक्रम

by समतल अनलाइन
106Shares

बुटवल। बुटवल उपमहानगरपालिका–११, योगीकुटी शान्तिचोकस्थित द बम्बई लाउञ्ज (खत्री ग्रुप) ले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा साउन १४ र १५ गते दुईदिने विशेष कार्यक्रमसहित प्रथम वार्षिकोत्सव मनाउने भएको छ।

वार्षिकोत्सवको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका म्यानेजर भुवन टण्डन र सञ्चालक नरेश खत्रीले कार्यक्रमका विविध पक्ष सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै म्यानेजर भुवन टण्डनले एक वर्षको अवधिमा ग्राहकले दिएको साथ, विश्वास र मायाप्रति आभार व्यक्त गर्दै वार्षिकोत्सवलाई ग्राहकसँग खुसी साट्ने अवसरका रूपमा आयोजना गरिएको बताए। उनका अनुसार साउन १४ र १५ गते सञ्चालन हुने कार्यक्रममा लाइभ म्युजिक, विशेष सांगीतिक प्रस्तुति, सेल्फी कर्नर, वार्षिकोत्सव केक कटिङ, आकर्षक गिभअवे तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

उनले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको जानकारी दिँदै सीमित परिकारमा १५ प्रतिशत छुट, दुईवटा मकटेल खरिद गर्दा एउटा निःशुल्क, हुक्कामा १० प्रतिशत छुट तथा तीनवटा बारासिङ्गे बियर खरिद गर्दा एक प्लेट चिकेन चिल्ली निःशुल्क उपलब्ध गराइने बताए।

त्यसैगरी, सञ्चालक नरेश खत्रीले द बम्बई लाउञ्ज सात दाजुभाइको संयुक्त लगानीमा सञ्चालनमा आएको जानकारी दिँदै छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएको बताए। उनले गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र पारिवारिक वातावरणमार्फत बुटवलको आतिथ्य क्षेत्रमा फरक पहिचान बनाउने उद्देश्यका साथ लाउञ्ज सञ्चालन गरिएको उल्लेख गरे।

खत्रीले प्रथम वार्षिकोत्सवका अवसरमा साउन १४ र १५ गते आयोजना हुने कार्यक्रममा सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई उत्सवलाई भव्य र सफल बनाउन आग्रह गरे। साथै आगामी दिनमा पनि सेवा र गुणस्तरलाई अझ प्रभावकारी बनाउँदै ग्राहकको विश्वासलाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा व्यवस्थापनले प्रथम वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा नभई ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने विशेष कार्यक्रमले स्वाद, संगीत, मनोरञ्जन र आकर्षक अफरमार्फत सहभागीलाई नयाँ अनुभव दिलाउने विश्वास आयोजकको छ।

You may also like

This will close in 0 seconds