53
पाल्पा। पाल्पाको हार्थोकबाट रिडीतर्फ आउँदै गरेको लु २ ख २४४७ नम्बरको टिप्पर गएराति ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा सहचालक अन्दाजी २५ वर्षीय तेजेन्द्र कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक मिनबहादुर कुमाल सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


