डा. इन्द्रजित राईलाई ४ वर्ष कैदको फैसला, अढाई महिनापछि छुट्ने

by समतल अनलाइन
39Shares

काठमाडौं । बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएका डा. इन्द्रजित राईलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले राईलाई विभिन्न कसुरमा एकीकृत गरी ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय तोकेको हो।

अदालतले राईलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, तथा राज्य विरुद्धको कसुरमा २ वर्ष (१ वर्ष ६ महिना र ६ महिना थप) कैद र १५ हजार जरिबानाको सजाय सुनाएको छ। यद्यपि, राई ७५ वर्ष नाघेका ज्येष्ठ नागरिक भएकाले कानुनबमोजिम उनले ७५ प्रतिशत सजाय छुट पाउने भएका छन्।

यस छुटपछि उनले अब २ महिना १३ दिन कैद र सोही अनुपातको जरिबाना भुक्तान गरे पुग्नेछ। हाल पुर्पक्षका लागि थुनामा रहेका राईले यसअघि नै ३ वर्ष २ महिना १० दिन कैद भुक्तान गरिसकेका छन्। अदालती फैसलाअनुसार उनले थप ९ महिना २० दिन र ७ महिना ७ दिन गरी कैद छुट पाउने देखिएको छ।

You may also like