पाकिस्तानमा ३३ वर्षीय प्राध्यापकलाई मृत्युदण्ड

by समतल अनलाइन

लाहोर । पाकिस्तानमा कानुन उल्लंघन गरेको अभियोगमा एक ३३ वर्षीय प्राध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानको मुल्तान शहरमा रहेको बहाउद्दिन जकरिया विश्वविद्यालयका प्राध्यापक जुनैद हफीजलाई मृत्यु दण्डको सजाय सुनाइएको हो ।

पैगम्बर मोहमदविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा सन् २०१३ मा पक्राउ परेका उनलाई पाकिस्तानको अदालतले पाँच लाख रुपैयाँ जरिवानासहित मृत्यु दण्डको सजाय सुनाएको हो ।

हफीजलाई कारागारमा रहेका अन्य बन्दीहरुले पटक पटक आक्रमण गरी शारिरीक यातनासमेत दिने गरेको आरोप लगाइएको छ । उनका वकिलको सन् २०१४ मा गोली हानी हत्या गरिएको थियो ।

हफीजविरुद्ध अन्तिम सुनुवाइका क्रममा विश्वविद्यालयका शिक्षक छात्र र सुरक्षाकर्मीहरुले बयान दिएका थिए भने हफीजको तर्फबाट १३ जना अभियोजनकर्ताहरु रहेका थिए । एजेन्सी

 
 
  
 

You may also like