आगोले पोलेर घाइते विकको उद्धार

by समतल अनलाइन

दमौली। आगोले पोलेर घाइते भएकी दाङको तुलसीपुर उपमहानगरपालिका–१८ अक्कासीकी २१ वर्षीया रिता विकलाई उद्धार गरिएको छ । सो वडाका वडाध्यक्ष माधव ओलीको पहलमा १७ दिनदेखि घाइते भएर कष्टपूर्ण जीवन बिताइरहेकी रिता विकलाई उद्धार गरिएको हो । “आगोले पोलेर घाइते भए पनि आफूलाई आज मात्र खबर आएकाले उहाँको तत्काल उद्धार गरिएको छ”, उहाँले भन्नुभयो, “खबर पाउनासाथ वडा नं १९ स्थित स्वास्थ्य चौकीको एम्बुलेन्स बोलाएर उहाँलाई अस्पताल ल्याएका हौँ ।”

विकको अहिले तुलसीपुर–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा उपचार भइरहेको छ । उहाँको उपचार खर्च वडा कार्यालयले व्योहोर्ने वडाध्यक्ष ओलीले बताउनुभयो । विकको देब्रे खुट्टाको पिँडौलामा मङ्सिर १८ गते साँझ आगो ताप्ने क्रममा पोलेको थियो । उहाँको घरमा बूढी आमामात्रै भएको र अरु नहुँदा पनि उद्धारमा समस्या हुने गरेको थियो । चिकित्सालयले उहाँको निःशुल्क उपचार गरिदिने चिकित्सालयका प्रमुख डा रामकामेश्वर ठाकुरले बताउनुभयो ।

 
 
  
 

You may also like