२०७६ पुस ५ गते शनिबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने योग छ । राजनैतिक कार्यमा बाधा आउने छ । नाक तथा घाँटीमा समस्या आउँला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण अवसर गुम्न सक्ने छ । घर परिवारमा झै–झमेलाको अवस्था आउँला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । फलदायी यात्रा नहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभकार्यको चर्चा चल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठीक समयमा सही निर्णय लिन सकिने छ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ । बौद्धिक काममा सफलता मिल्ने छ । बोलीको प्रभाव पनि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आम्दानी प्रशस्तै बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पाईने छ । अध्ययनमा रुची जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

FacebookTwitter

 
 
  
 

You may also like