147
बुटवल । बुटवलमा बिहान भएको सवारी दुर्घटनामा अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा-४ ठाडा निवासी अमृत वेल्वासे रहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक थम्मन जिसीका अनुसार आज बिहान करिब ५:१० बजे बुटवल-१३ सलघारी चोक बेलाबासामा काकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१ ख ४२२३ नम्बरको सवारी साधन र विपरीत दिशाबाट आउँदै गरेको बा. ८७ प ३४९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका वेल्वासेलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


