पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जनभन्दा बढी बिरामी

by समतल अनलाइन
104Shares

बुटवल । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ भने दर्जनभन्दा बढी बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको जंगली च्याउ खाएर उपचारका क्रममा मृत्यु भएको हो ।

जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनीहरुसँगै जंगली च्याउ सेवन गरी जिल्लामा दर्जन बढी बिरामी रहेको र एक जनाको अवस्था गम्भीर रहेको भट्टराईले बताए ।

You may also like