नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री बालेन शाहले आज जवाफ दिने

by समतल अनलाइन
28Shares

काठमाडौँ। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख २८ गते प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरू र छलफलका क्रममा उठेका विषयहरूमा केन्द्रित रहेर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् । यसैगरी, दिउँसो १२ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको छ ।

You may also like