रूपन्देहीमा ३५ विद्यालयका ८० जनाले ल्याए ४ जीपीए

by समतल अनलाइन
45Shares

बुटवल। माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका गरी ८० जनाले चार जीपीए अंक ल्याएका छन् । नतिजामा सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि देखिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख बिष्णु पन्थीका अनुसार रूपन्देहीबाट एसइईमा सहभागी वभएका ३४५ विद्यालयमध्ये नीजि तर्फको बुटवलको अक्सफोर्ड बोर्डिङ स्कुलबाट ११ जनाले ४ जीपीए ल्याएका हुन् । त्यस्तै दोस्रोमा बुटवलकै दिप बोर्डिङबाट ७, तेस्रोमा तिलोत्तामा नगरपालिकाको प्यारामाउण्ट बोर्डिङबाट ६ जना,लुम्बिनी वल्ड स्कुल १ जनाले ४ जीपीए ल्याएका छन् ।

गार्गी एकेडेमी १,एलबि नमुना एकेडेमी १, सैनामैना नगरपालिकाको सुनगाभा बाट ४ जना, प्रभातबाट ३ जनाले ४ जीपीए ल्याएका छन् । सामुदायिक तर्फ कालिका मानव ज्ञान माविबाट ६, कान्ति माविबाट ४, नयाँगाउँ माबिबाट १, नविन औद्योगिक कदरबहादुर रिता माविबाट १ र तिलोत्तमाको शान्ति नमुना स्कुलबाट १ जनाले मात्र ४ जीपीए ल्याएका छन् ।

निजीको तुलनामा सामुदायिक विद्यालयहरु एसइईको नतिजाप्रति सन्तुष्ट देखिएका छैनन् । यस पटक सम्बन्धित परीक्षा सेन्टरमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार २०८२ को एसईईमा रूपन्देहीबाट ३४५ विद्यालयका १७ हजार ४४३ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५ हजार ७ सय ८५ जना अनुत्तीर्ण भएका छन् ।

बुटवलका उत्कृष्ट मानिने चार सामुदायिक विद्यालय कालिका, शान्ति नमुना, कान्ति र नविन औद्योगिक कदरबहादुर रिता माविको नतिजा खस्किएको छ ।

यस पटक सम्बन्धित परीक्षा सेन्टरमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाईका अनुसार २०८२ को एसईईमा रूपन्देहीबाट ३ सय ४५ विद्यालयका १७ हजार ४ सय ४३ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५ हजार ७ सय ८५ जना अनुत्तीर्ण भएका छन् ।

You may also like