इम्प्लान्ट लगाएर फर्किंदै गरेकी सुत्केरीको बाटोमै मृ’त्यु, छानबिनको माग

by समतल अनलाइन
112Shares

पाल्पा । तिनाउ गाउँपालिका–२ स्थित दोभान स्वास्थ्य चौकीमा परिवार नियोजनको अस्थायी साधन (इम्प्लान्ट) लगाएर घर फर्किंदै गरेकी एक सुत्केरी महिलाको बाटोमै मृत्यु भएको छ।

तिनाउ गाउँपालिका–६, मस्याम मधुवन घर भई हाल तिनाउ–३, मरेक माइतीमा बस्दै आएकी ३२ वर्षीया चमेली सारुको सोमबार मृ’त्यु भएको हो।

४० दिनकी सुत्केरी रहेकी सारु इम्प्लान्ट लगाएर सार्वजनिक बसमार्फत घर फर्किने क्रममा सिद्धार्थ राजमार्गअन्तर्गत झुम्सा–आमबोट नजिकै एक्कासि बे’होस भएकी थिइन्।
परिवारका अनुसार चक्कर लागेपछि उनलाई बसबाट झारेर स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृ!त घोषणा गरेका थिए।

मृ,तकका ससुरा मानबहादुर सारुले घटनाबारे इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिँदै मृ’त्युको कारणबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

सारुको बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। वडा सदस्य टंक बस्यालका अनुसार पोस्टमार्टमपछि श व आफन्तलाई बुझाइएको छ।

दोभान स्वास्थ्य चौकी प्रमुख ठाकुर कुँवरले भने अनुभवी स्वास्थ्यकर्मीबाट सबै प्रक्रिया पूरा गरी इम्प्लान्ट लगाइएको दाबी गरेका छन्। उनका अनुसार इम्प्लान्टले हर्मोन स्रावमार्फत गर्भ रहन नदिने भएकाले यसको प्रभाव तीनदेखि पाँच वर्षसम्म रहने गर्दछ।
तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले इम्प्लान्टकै कारण यस्तो स’मस्या नहुनुपर्ने बताए। ‘अन्य स्वास्थ्य स’मस्या हुन सक्छ, अहिल्यै यही कारणले मृ’त्यु भएको हो भन्न सकिँदैन,भने ।

You may also like

This will close in 0 seconds