103
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः…’ सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो उल्लेख गरेका हुन्।
उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, शुभता र निर्विघ्न जीवनको आशा ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्।
साथै, कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावनासहित देशभर शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभेच्छा दिएका छन्।



