रास्वपाले पहिलो महाधिवेशन असोजमा गर्ने

by समतल अनलाइन
56Shares

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन आगामी असोजमा गर्ने गरी आन्तरिक तयारी अघि बढाएको छ ।

यसअघि गत फागुन ७ देखि ९ गते चितवनमा गर्ने तय गरिएको महाधिवेशन निर्वाचनका कारण स्थगित भएपछि नयाँ कार्यतालिका अनुसार असोजमा महाधिवेशन गर्ने छलफल सुरु भएको पार्टी नेताहरूले बताएका छन् ।

संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार सौराहामा भएको विस्तारित बैठकको निर्णयअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइएको हो। उनका अनुसार वैशाख २ गतेदेखि संगठन निर्माण कार्य पुनः सुरु हुनेछ।

नयाँ कार्यतालिकाअनुसार वैशाख महिनामा वडा र पालिका तहमा तदर्थ समिति तथा वडा परिषद् गठन गरिनेछ। वैशाख र जेठमा वडा अधिवेशन, असार र साउनमा पालिका र जिल्ला अधिवेशन, भदौमा प्रदेश अधिवेशन र त्यसपछि असोजमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ।

पार्टीको विवरणअनुसार हालसम्म ४५२ वडा र ६२ पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। तर ७७ जिल्लामध्ये डोल्पा र मनाङमा जिल्ला समिति गठन हुन बाँकी छ ।

You may also like