आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना.

by समतल अनलाइन
73Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

You may also like

This will close in 0 seconds