66
काठमाडौं । नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छन् । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा ठाकुरले सभामुख डीपी अर्यालसमक्ष शपथ लिएकी हुन् ।
शपश समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रि सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थको सहभागिता थियो ।
शुक्रबार भएको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी उपसभामुखमा निर्वाचित भएकी थिइन् ।





