सम्बन्धविच्छेद गर्न ८४ बर्षीया अदालतमा : माया गर्ने बेलामा हेला भएको गुनासो

by समतल अनलाइन

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ बर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारी नै छक्क परे ।

किनकी जिल्लामा सबैभन्दा बढी उमेरकी बृद्धाले निवेदन लिएर आएको यो पहिलो घट्ना हो ।

‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशबराज कौशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी बृद्धाले सम्बन्धविच्छेदको माग गरेको यो पहिलो घट्ना भयो ।

७० बर्षीय श्रीमान बुद्धबहादुर रुम्बासँग अशंसहित सम्बन्धविच्छेदको माग गर्दै उनी लौरोको सहारामा गत मंसिर २५ गते अदालत पुगेकी थिइन । उनका पाँच छोरा र एक छोरी छन् ।

विवाह भइसकेका उनीहरु अलग छन् । श्रीमानले १९ बर्षअघि कान्छी भित्र्याए पनि टीकाकुमारी सहज रुपमा बसिरहेकी थिइन । तर पछिल्लो समय श्रीमानले कुटपिट गर्ने गरेको उनको भनाइ छ । ‘माया गर्ने बेलामा हेला भएपछि को सँगै बस्छ ?’ उनले भनिन् । -कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like