रूपन्देहीका विभिन्न स्थानबाट ६ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद

by समतल अनलाइन
82Shares

भैरहवा।रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा ६ लाख २९ हजार २ सय रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ।

प्रहरीका अनुसार ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी १ लाख २४ हजार रुपैयाँ बराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ। यस्तै शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँ बराबरको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ।

त्यसैगरी मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५ सय रुपैयाँ बराबरका एल्बो सकेट १४१ थान, ८.५ लिटर मोबिल, एक बोरा कुरकुरे र एक बोरा सर्फ बरामद गरिएको प्रहरीले जनाएको छ।

देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ। उक्त कुखुराको मूल्य अन्दाजी १ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसैगरी रोहिणी गाउँपालिका–३ लखनौटियाबाट २२ हजार १ सय रुपैयाँ बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ।

कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ। ती सामानको मूल्य अन्दाजी १ लाख ११ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट १ लाख ५० हजार रुपैयाँ बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताए।

You may also like