गोकुल बास्कोटाको पार्टी नेतृत्व समयसँगै परिवर्तन नभए ‘डाइनोसर’ बन्ने चेतावनी

by समतल अनलाइन
78Shares

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयअनुसार पार्टी र नेतृत्वमा परिवर्तन आवश्यक रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले पार्टी जीवनका उकाली-ओरालीलाई सम्झेर समीक्षा गर्न तयार भए पुनर्विचार, पुनर्संरचना र सुधार स्वाभाविक रूपमा हुने उल्लेख गरेका छन् ।

उनले विगतमा पार्टी संरचनामा विभिन्न प्रयोग गरिएको स्मरण गर्दै लोकप्रियताको अर्थ सबैको प्रिय हुनु नभई केही नेताको मात्र प्रिय बन्ने अवस्थासमेत देखिएको संकेत गरेका छन् । उनले भनेका छन्- ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन, रि-थिङ्क, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ । पिरामिड थियो, फुलि थप्न सोली बनायौ ।’

समयअनुसार सुधार नगरे भविष्यमा राजनीतिक रूपमा ‘डाइनोसर’ जस्तै अप्रासंगिक बन्ने खतरा हुन सक्ने उनले चेतावनी समेत दिएका छन् । बास्कोटाले परिवर्तन र आत्मसमीक्षामार्फत पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने संकेत गरेका छन् ।

भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमालेको लज्जास्पद हारपछि एमाले नेतृत्वले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला बास्कोटाले यस्तो टिप्पणी गरेका छन् ।

You may also like