106
काठमाडौ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुन चुनाव जितेलगत्तै किताब बेच्न हिँडेका छन् । महावीरले आजबाट किताब बेच्न सुरु गरेको जानकारी दिए ।
उनले आज पोखरामा किताब बेच्ने बताए । ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु । त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ’, उनले भने ।
चुनावभरि निर्वाचन आयोगले रोक लगाएका कारण किताब बेच्न नपाएको, तर अब भने निरन्तर बेच्ने उनले जानकारी दिए ।
उनले भने, ‘चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरू लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगञ्जमा कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’


