१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

by समतल अनलाइन
105Shares

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

धनुषा क्षेत्र नम्बर १ को मत गणना सकिए पनि अन्तिम परिणाम घोषणा गरिएको छैन ।

You may also like