74
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पराजित गरेका हुन्। खरेलले १४ हजार ९३५ मत प्राप्त गरेकी छन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९५ मत पाएका छन् । तीन वर्षअघि भएको निर्वाचनमा पनि लामिछानेले ५४ हजार १०० मत ल्याएर यही क्षेत्रबाट विजय हासिल गरेका थिए ।


