बुटवल । तराईमा सितलहर चलिरहेको बेला बुटवल देविनगरमा रहेको गीता आयुर्बेदक भवनले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १४ मा रहेको सरस्वती आधारभूत विद्यालय बिनयपुरलाई गिता आयुर्बेदकले न्यानो कपडा स्विटर पोशाक वितरण गरेको हो । विद्यालय पढ्ने विद्यार्थीलाई जाडोबाट बच्नको लागि केही भएपनि राहात मिलोस भन्ने उद्श्यले पोशाक वितरण गरिएको गीता आयुर्बेदक भवनका सञ्चालक गीता सापकोटाले बताईन । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि स्विटर वितरण गरिएको हो ।
गीता आयुर्बेदकले प्रत्यक वर्ष सामाजिक सेवा अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिईन । १० वर्षदेखि निरन्तर रुपमा कमाएको केही रकम सामाजिक सेवामा खर्च गर्ने गरेको सापकोटाको भनाई छ । बुटवल उपमहागनरपालिका वडा नं. १४ का वडा अध्यक्ष दधिराम न्यौपानेको उपस्थितीमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । न्यौपानेले विद्यार्थीलाई नियमित रुपमा विद्यालय जाने वातावरण अभिभावकले घरमा सिर्जना गर्नु पर्ने बताए । विद्यालयका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकोमा उनले धन्यबाद दिँदै विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि वडाले काम गर्दै आएको बताए । लुम्बिनी प्रादेशिक आयुर्बेदिक चिकित्सालयका वरिष्ठ कबिराज गणेश सापकोटाले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीलाई विद्यालय नियमित जानु पर्छ भन्ने शन्देस दिएको बताए ।
ब्यवसाय गरेको केही रकम सामाजिक सेवामा खर्च गर्न सके मानिसमा आत्मसन्तुष्टी मिल्ने उनको भनाई छ । विद्यालयका प्रधानध्यापक शिवा पोखरेलले यस क्षेत्रका गरिब परिवारबाट यस विद्यालयमा पढ्न आउँने भएकाले विद्यार्थीलाई न्यानो कपडाले ठुलो राहात पुराएको बताईन । यस विद्यालयमा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष र शिक्षक समेत महिला रहेका छन । कार्यक्रममा अशोक कुँवर , अर्जुन कुवर लगायतले बोलेका थिए ।