दाङको संस्कृत विश्वविद्यालय बहुभाषिक विश्वविद्यालय बनाइनुपर्ने थापाको माग

by समतल अनलाइन
15Shares

बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा सूर्यवंशीले दाङको संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस स्न २०२६ को अवसरमा शनिबार बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय समितिले बुटवलमा आयोजना गरेको विशेष कार्यक्रममा संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयको रूपमा विकास गर्न जरुरी रहेकोमा जोड दिएको हो ।

यस्तै टोप अस्लामी राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले आफ्नो मातृभाषाको संरक्षण गर्नु आवश्यक रहेको बताए । सबै जाति समुदायको मातृभाषा संरक्षणका लागि राज्यले जति पहल गर्नु पर्ने हो त्योअनुसारको पहल नगरेको बताए ।

साथै उनले भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्नु पर्ने समेत बताए । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

You may also like

This will close in 0 seconds