रास्वपाले चुनाव जित्न सकिन्न भन्ने निष्कर्ष निकालेर झण्डा जलाउन थाल्यो- ओली

by समतल अनलाइन
66Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव जित्न सकिन्न भन्ने निष्कर्ष निकालेको आफुले बुझेको बताएका छन् ।
झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले चुनाव हार्ने निष्कर्ष निकालेका कारणले झण्डा जलाउने, अभद्र व्यबहार गर्ने र तनाव बढाउने काम गर्न लागेको देखिएको भन्दै चुनाव भाड्ने तर्फ अगाडी बढेको देखिएको बताए ।

उनले भने- ‘यसको अर्थ आफ्नो पक्षमा नतिजा आउछ भने चुनाव हुने दिने, पक्षमा नतिजा आउदैन भने चुनाव हुन नदिने, मैले केहि दिन यताका घटनाक्रम हेर्दा रास्वपाले चुनाव भाड्न खोजेको जस्तो देखिन्छ ।’

निर्वाचन भनेको बलजफ्ती गर्ने विषय होइन भन्दै निर्वाचन स्वच्छ र निष्पक्ष र धाधली रहित चुनाव हुनुपर्ने ओलीले बताए । साथै उनले मतदाताले आफुले चाहेको दल र उम्मेदवारलाई निर्धक्क मत दिन पाउनुपर्ने बताए । ओलीले शान्ति भडकाउन खोज्ने प्रयास भइरहेको बताउदै सबै पक्षले चिन्ता जाहेर गरेको देखिएको बताए ।

निर्वाचनपछि पनि द्वन्द कायम रहने स्थिति देखिन्छ भन्दै अघि द्वन्दका कारण निराकरण गरेर बल्ल निर्वाचनमा जानु पर्ने विचार पनि रहेको भन्दै ओलीले राजनीतिक दलले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

You may also like

This will close in 0 seconds