काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। मङ्गलबारको तुलनामा बुधबार पनि दुवै धातुको भाउ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० मा कारोबार भइरहेको छ। त्यसैगरी, एक तोला चाँदीको मूल्य रु ५ हजार २९० कायम भएको छ।
मङ्गलबार प्रतितोला सुन रु ३ लाख ५ हजार ५०० र चाँदी रु ५ हजार २४० मा कारोबार भएको थियो। गत सोमबार सुनको भाउ प्रतितोला रु ३ लाख ४ हजार ६०० तथा चाँदी रु ५ हजार २५० रहेको थियो। यसरी पछिल्ला तीन दिनयता सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ६० अमेरिकी डलर र चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ



