पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

by समतल अनलाइन
56Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार तराई भू–भाग तथा उपत्यकाका केही स्थानमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

उच्च पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भू–भागको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको विभागले जनाएको छ।

You may also like