रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

by समतल अनलाइन
68Shares

रामेछाप। रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ । रासस

You may also like